INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोदावारी नगरपालिका–१, गोदामचौरस्थित नहरे मूलपानी बस्ने ४१ वर्षीया सुनामाया वाईवाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति जयबहादुर वाईवालाई वैशाख १० गते गिरफ्तार गरेको छ ।

सिन्धुली जिल्ला कपिलाकोट गाउँपालिका–७, लहरे घर भएका वाईवा परिवार हरिसिद्धिस्थित दक्षिणकाली इँटा भट्टाले सञ्चालन गर्दै आएको गोदामचौरस्थित नहरे मूलपानीस्थित खेतमा काँचो इँटा बनाउने  र त्यहीँको टहरोमा बस्दै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।

सुनामायालाई वैशाख १० गते बिहान साढे ५ बजे हथौडाले हिर्काएर भुँइमा ढलाइ खुर्पा प्रहार गरी बिभत्स हत्या गरेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम वैशाख १० गते नै पाटन अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो