पौवादुङ्मा गाँउपालिका–४ वास्तिमकी १९ वर्षीया जानुका पौडेलको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति रमेश पौडलेलाई चैत २७ गते गिरफ्तार गरेको छ ।
दुई महिनाकी सुत्केरी पत्नीलाई चैत २७ गते विवादका क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केशवकुमार थेवेले बताए ।
मृतकको घाँटीमा चोट लागेको अवस्थामा शव भान्सा कोठामा भेटिएको प्रहरीको भनाई छ । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा चैत २८ गते गरिने डिएसपी थेवेको भनाई छ ।