नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान तिपचोकका २३ वर्षीय कृष्ण बिकलाई चैत १२ गते गिरफ्तार गरको छ
।
पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा सोही दिन उजुरी दिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १२ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई संरक्षणका लागि हाल सुरक्षित गृह धुलिखेलमा राखिएको छ । पीडित पक्षले दिएको उजुरीमा मुलुकी अपराध संहिता ऐन–२०७४ बमोजिम आरोपितलाई हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग राखिएको छ ।