सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले फागुन १३ गते राइनास नपा–६ बस्ने ४१ वर्षीय शिवराम परियारलाई जिल्ला अदालत लमजुङले पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश कोमलप्रसाद आचार्यको इजालसले आरोपित परियारलाई दोषी ठहर गर्दै सजायको फैसला गरेको श्रेस्तेदार भुमिप्रसाद शर्माले बताए ।
परियारले पीडित बालिकालाई ०७५ साउन १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी गरेपछि प्रहरीले आरोपितलाई साउन १९ गते नै गिरफ्तार गरेको थियो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने