INSEC Online

📅 २०८३ असार २७

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–४ का २१ वर्षीय विनोद कुमार महतोलाई ०८३ असार २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १३ जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका थिए ।

जिल्ला अदालतबाट असार २४ गते एक हप्ताको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण ०८३ जेठ १३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो