घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखामा अधिकृत पदमा कार्यरत घोराही उमनपा-१६ का ४९ वर्षीय अजय बोहोरामाथि सोही उमनपा-१५ का वडा सदस्य ३५ वर्षीय लेखराज बुढाथोकीले मोसो छ्यापेर दुर्व्यवहार गरेका छन् ।
घोराहीको पद्मोदय माविमा विद्यालय व्यस्थापन समितिको निर्वाचनमा खटिएका बोहोरालाई विद्यालय जाँदै गर्दा रोकेर असार २७ गते बिहान मोसो (मोबिल तेल) शरीरभरि छ्यापेर भागेको दाङका प्रमुख जिल्ला अधिकारी निस्चलराज पान्डेले जानकारी दिनुभयो ।
फरार बुढाथोकीको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । विद्यालय व्यस्थापन समितिको निर्वाचन नियम सङ्गत नभएको भन्दै वडा सदस्य बुढाथोकीले रोक्न माग गर्दै आएका थिए। पीडित बोहोरा निर्वाचन अधिकृत भएकाले निर्वाचन पश्चात् प्रहरीमा उजुरी दिने तयारी भएको पीडितले बताउनुभयो ।