INSEC Online

📅 २०८३ असार २६

बलात्कार गरेको कसुरमा चार वर्ष १५ दिन कैद

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले माथागढी गाउँपालिका–१ चिदीपानीका १९ वर्षीय रेमबहादुर ठाडालाई चार वर्ष १५ दिन कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको असार २५ गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै ४ वर्ष १५ महिना कैद र ३ हजार रुपियाँ जरिवाना, २ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।

आरोपितले पीडितलाई ०८२ फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ९ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन १० गते घरबाटै गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत पाल्पाका न्यायाधिश हरिप्रसाद शर्मा पंगेनी उपाध्यायको ०८२ चैत ४ गते आदेशले आरोपितलाई पर्पुक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो