INSEC Online

📅 २०८३ असार २६

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–३ मङ्गलवारेका २५ वर्षीय सञ्जय सहनीलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको ०८३ असार २५ गतेको इजलासले कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

१५ वर्षीया बालिकालाई ०८३ वैशाख १५ गते यौन दुर्व्यवहार  गरेको आरोपमा पीडित पक्षले सञ्जय सहनीविरूद्ध सोहीदिन इलाका प्रहरी कार्यालय, उर्लावारीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई वैशाख २७ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८३ जेठ २० गते यौन दुर्व्यवहार  शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको जेठ २१ गतेको इजलासले १ लाख रुपियाँ धरौटी माग गरेको थियो । सहनी सोहीदिन धरौटी बुझाएर रिहा भएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलवारे अस्पताल, उर्लावारीमा वैशाख १५ गते गरिएको थियो ।

विनोद सुवेदी

अन्य

भिडियो