INSEC Online

📅 २०८३ असार २९

बेचबिखन प्रयास घटनाका दुई जनाको उद्धार

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १४ वर्षीया बालिका र २१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत विवाह र रोजगारीको प्रलोभन देखाई बेचबिखनको उद्देश्यले लगिएको अवस्थामा माइती नेपाल कञ्चनपुरले ०८३ असार १२ गते उद्धार गरेको छ । दुवै पीडित राक्सिराङ गाउँपालिकाको एउटै वडाका फरक–फरक परिवारका हुन् । उनीहरूलाई असार १० गते चितवनको कालिका गाउँपालिका–११ का ३५ वर्षीय चन्द्र चेपाङ र सोही स्थानका २० वर्षीय बुद्धि लामाले प्रलोभन देखाएर लगेको आरोप छ । माइती नेपाल कञ्चनपुरले उद्धारपछि दुवै पीडितलाई संरक्षणमा राखी राक्सिराङ गाउँपालिकाको उपाध्यक्ष बनस्तम थिङको जिम्मा लगाएका थिए । गाउँपालिका उपाध्यक्ष थिङले उद्धार गरिएको पुष्टि गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्क बढाएर उनीहरूलाई प्रलोभनमा पारिएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । उहाँका अनुसार दुवै पीडितले हालसम्म उजुरी दिन इच्छा नदेखाएका कारण उनीहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेर मनोसामाजिक परामर्श (काउन्सिलिङ) गरिँदै आएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो