कीर्तिपुरको होल्डिङ सेन्टरबाट ०८३ असार १५ गते गिरफ्तार गरिएका भोजपुर जिल्ला अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बरबहादुर तामाङ जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार १० हजार रुपियाँ धरौटी बुझाएर असार २२ गते रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो।
विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट प्रहरीले तामाङलाई गिरफ्तार गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिएको एसपी भट्टराईले बताउनु भयो ।
सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरे सिंहदरबारमा खुकुरी लिएर जाने भनेर दिएको अभिव्यक्तिका कारण तामाङविरूद्ध प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाइएको थियो।