९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुलसीपुर उपमहानगरपालिका–१४ का १८ वर्षीय रामकुमार चौधरीलाई जिल्ला अदालतले ६ महिना कैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश राजेश्वर अर्यालको असार २३ गतेको इजलासले यौन दुर्व्यवहारको गरेको कसुरमा दोषी ठहर गर्दै चौधरीलाई ६ महिना कैद, ५ हजार रुपियाँ जरिवाना, १० हजार रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई ०८२ पुस २७ गते बलात्कार भएको भन्दै आरोपित विरुद्ध पुस २८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । अदालतले बलात्कार नभइ यौन दुर्व्यवहार भएको ठहर गर्दै कैद तथा जरीवाना गर्ने फैसला गरेको हो । पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।