INSEC Online

📅 २०८३ असार २४

हत्या आरोपमा जनप्रतिनिधि गिरफ्तार

फाल्गुनन्द गाउँपालिका– ७ मा १६ वर्षीय टठेनहाग आङदम्बेको शंकास्पद मृत्युको घटनालाई लिएर प्रहरीले सोही वडाका वडाध्यक्ष ५५ वर्षीय देउकुमार आङदेम्बेलाई असार २३ गते गिरफ्तार गरेको छ ।

वडाध्यक्षको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका टठेनहाग आङदम्बे ०८१ असार १३ गते ओछ्यानमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।

त्यसबेला प्रहरीले कोही कसैलाई गिरफ्तार नगरी घटनाको अनुसन्धान गर्दै आएको थियो ।

नाकबाट रगत बगेको अवस्थामा मृत फेला परेका बालकको घटना अनुसन्धानका लागि वडाध्यक्षलाई ०८३ असार २३ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिश कर्णले बताउनु भयो ।

गिरफ्तारीमा परेका वडाध्यक्षविरुद्ध प्रहरीले जिल्ला अदालतमा असार २३ गते ज्यान सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गराएको छ ।

पीडित परिवारले वडाध्यक्षविरुद्ध घटना भएको केहीसमयपछि किटानी उजुरी दिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०८१ असार १४ गते गरिएको थियो । सोहीदिन पीडित पक्षले शव बुझी सद्गत गरेको थियो ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो