INSEC Online

📅 २०८३ असार २३

बालक हत्या घटनाका फरार आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ मोयाका २५ वर्षीय खेमराज कठायतलाई ०८३ असार २२ गते भारत तर्फ भाग्दै गरेको अवस्थामा गिरफ्तार गरेको छ ।

पीडित बालकले कानमा लगाएको सुनको मुद्रा चोरी गर्नका लागि असार १० गते बालकको हत्या गरिएकोले आरोपितविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालय, कैललीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको पीडित बालकका बुवा निमराज चौधरीले बताउनु भयो ।

पीडित बालक असार १० गतेदेखि सम्पर्क विहिन भएपछि प्रहरी र स्थानीयहरुले खोजी कार्य गर्दा असार १२ गते हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

घटनाका फरार आरोपित कठायतलाई धनगढी उपमहानगरपासिलका–२ त्रिनगर भन्सारबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।

शवको पोष्टमार्टम असार १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी सोही दिन शवको सदगत् गरिएको थियो ।

मैनामोती चौधरी

अन्य

भिडियो