INSEC Online

📅 २०८३ असार २३

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

उर्लावारी नगरपालिका -३ का सात वर्षीय बालक र ६ वर्षीया बालिकालाई मोवाइल चोरी गरेको आरोपमा बाँधेर कुटपिट गरेको भन्दै प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

मोवाइल चोरी गरेको शंकाको आधारमा दुई जना बालबालिकालाई उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिर परिसरमा रहेको फलामे पिलरमा बाँधेर ०८३ असार २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको हो ।

मोवाइल चोरीको शंकाका आधारमा मन्दिरको फलामे पिलरमा बाँधेर बालबालिकालाई यातना दिएको आरोपमा झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीलाई अनुसन्धानका लागि ०८३ असार २२ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, उर्लावारीका असइ चन्द्रबहादुर भण्डारीले बताउनु भयो ।

बाँधेर बालबालिकालाई यातना दिएको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले दुवै जना बालबालिकाको उद्दार गरी अभिभावकलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्टर नवीन वलीले बताउनु भयो । कुटपिटबाट गोडामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित कार्की र बुढाथोकीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, उर्लाबारीको हिरासत कक्षमा राखिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो