INSEC Online

📅 २०८३ असार २३

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

इच्छाकामना गाउँपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त वस्नेतलाई कालिका नगरपालिका–२ पदमपुर चितवनका लालबहादुर तामाङ सहित ६ जनाको समूहले ०८३ असोज १८ गते कार्यकक्षमा नै प्रवेश गरी कुटपीट गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

कालिका नगरपालिका–२ का ४३ वर्षीय लालबहादुर तामाङलाई असार २२ गते सर्लाहीबाट साथै भरतपुर महानगरपालिका–१८ का ३७ वर्षीय अटल पाण्डे र भरतपुर महानगरपालिका–१२ का २७ वर्षीय आकाश लामालाई असार १८ गते धादिड जिल्ल्लाको गजुरीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख रामेश्वर पौडेलले बताउनु भयो । उनीहरुमाथि अभद्र व्यबहार शिर्षकमा असार १९ गते मुद्दा दर्ता भएको छ ।

चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई मुद्दा अनुसन्धान भइरहेको छ । इच्छाकामना गाउँपालिकाका कर्मचारीहरुले कार्यालयभित्र भएको उक्त घटनाको विरोध गर्दै कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठेको जनाउँदै सुरक्षित साथ काम गर्ने वातावरण बनाउन असार १८ गते नै विज्ञप्ती जारी गरेका थियो ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो