INSEC Online

📅 २०८३ असार २०

‘बोक्सी’ घटनाका आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका–२ की ५० वर्षीया तुलामाया थामीलाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही वडाका ३५ वर्षीय राजिव थामीलाई ०८३ असार १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले तुलामायालाई असार १५ गते धान रोप्न खेतमा गएको समयमा बोक्सी आरोप लगाएको भन्दै पीडितले असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उद्धव पोखरेल

अन्य

भिडियो