INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई चैत ३ गते मण्डनदेउपुर नपा–६ गैरिबिसौना स्थित इन्द्रावती नदी किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई चैत ९ गते गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

प्रहरीले मण्डनदेउपुर नपा–६ गैरिबिसौनाका २१ वर्षीय प्रकाश राई, सोही ठाँउका २३ वर्षीय पुष्कर राई, मण्डनदेउपुर नपा–७ महादेवस्थानका २१ वर्षीय रामकुमार राई र इन्द्रावती गाउँपालिकाका २२ वर्षीय सुनिल दनुवारलाई विभिन्न मितिमा गिरफ्तार गरेको हो ।

प्रकाश र पुष्कर राई मेलम्ची एण्ड इन्द्रावती स्टोन प्रालिका ट्रिपर चालक हुन् भने रामकुमार सहचालक हुन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले चैत ५ गते तीन जनालाई र चैत ९ गते सुनिल दनुवारलाई गिरफ्तार गरेको हो ।

सुरुमा पीडित बालिकालाई प्रकाश राईले ट्रिपरभित्रै बलात्कार गरेको र त्यसपछि पुष्कर, रामकुमार र अन्तिममा चाउरे भनिने सुनिल दनुवारले बदात्कार गरेको पीडित बालिकाले बताइन् ।

बलात्कारपछि आरोपितहरू फरार भएपछि पीडित बालिका रातभर ट्रिपरभित्रै सुतेको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडितका ३८ वर्षीय बाबुले चैत ५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ५ गते धुलिखेल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी दीपक गिरीले जानकारी दिए ।

पीडितले उजुरीमा मुलुकी अपराध संहिता ऐन–२०७४ को परिच्छेद–१८ को दफा–२२५ को उपदफा १, २ र उपदफा ३ को १ बमोजिम हदैसम्मको कारवाही र क्षतिपूर्तिको माग राखिएको छ ।

अन्य

भिडियो