भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक स्थल होटेलमा हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई ०८३ असार ७ गते गिरफ्तार गरको छ ।
वडाध्यक्ष देवकोटालाई सार्वजनिक कार्यक्रममा गएर असार ७ गते हातपात र दुर्व्यवहार गरेपछि पत्रकार कुँवरलाई गिरफ्तार गरी अभद्र तथा सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी टेकबहादुर रावतले बताउनु भयो ।
महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको बालबालिकाहरुका लागि आयोजित लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा आएर आफूमाथि हातपात र दुर्व्यवहार गरेपछि आरोपित पत्रकार कुँवरविरुद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको वडाध्यक्ष देवकोटाले बताउनु भयो ।
एक दिन अगाडि पत्रकार कुँवरले बाटो निर्माण कार्य स्तरीय नभएको भन्दै निर्माण व्यवसायीको सम्पर्क नम्बर उपलब्ध गराउन फोन गर्नुभएको भए पनि भेटेर समस्याका सन्दर्भमा छलफल गरौला भनेर भन्दै गर्दा फोन राखेको र दोस्रो दिन कार्यक्रम स्थलमा प्रवेश गरेर आफूमाथि हातपात र दुर्व्यवहार गरेको वडाध्यक्ष देवकोटाको भनाइ छ ।
वडाअध्यक्ष देवकोटालाई हातपात गर्दै दुर्व्यवहार गरिरहेको भिडिओ समेत सामाजिक सञ्जालमा प्रसार भएको थियो ।