INSEC Online

अमानवीय घटनाका पाँच जना आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बिजुलीको पोलमा बाँधी मोसो दलेर अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ ।

विर्तामोड नगरपालिका-२ चारेपाने चोकमा ०८३ जेठ २९ गते २१ वर्षीया युवतीलाई बिजुलीको पोलमा बाँधेर मोसो दलेको आरोपमा पाँच जनालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीको असइ नम्भुकुमार माझीले बताउनु भयो ।

व्यक्तिगत रीसइवीका कारण २१ वर्षीया युवतीलाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले कन्काई नगरपालिका-८ का १८ वर्षीय समीर मुर्मु , सोही ठाउँकी २० वर्षीया सविना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १९ वर्षीया पुजा बस्नेत र विर्तामोड नगरपालिका-२ की ४४ वर्षीया मन्जु हस्दालाई अनुसन्धानका लागि जेठ २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितको चरित्र हत्या हुने किसिमले लेखिएका १६ ओटा पम्प्लेटसहित आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको असइ नम्भुकुमार माझीले बताउनु भयो ।

युवतीलाई पाँच जना मिलेर मोसो दलेको खबर इलाका प्रहरी कार्यालय, अनारमनीमा स्थानीयले दिएपछि आरोपितलाई गिरफ्तार गरिएको असइ माझीले बताउनु भयो ।

समूहका आएका पाँच जना मध्ये एक जना महिलाले आफ्ना पतिसँग पीडित युवतीले अनैतिक सम्बन्ध राखेको आरोपमा अमानवीय व्यवहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको छ ।

नरेश खाती

अन्य

भिडियो