INSEC Online

📅 २०८३ असार १०

सामूहिक बलात्कार गरेको कसुरमा सात वर्ष कैद

२२ वर्षीया महिलालाई अपहरण गरी शरिर बन्धक बनाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले लालबन्दी नगरपालिका–७ का २४ वर्षीय ओजिर कवारी भनिने बजीर आलम र मलंगवा नगरपालिका–६ खुटौनाका २७ वर्षीय अभिनास जयसवाललाई ०८३ जेठ २६ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितहरुलाई कसुरदार ठहर गर्दै सात/सात वर्ष कैद सजाय र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ती दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो ।

आरोपितहरुले ०८१ भदौ २ अपहरण गरी सामुहिक बलात्कार गरेको भन्दै पीडितले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण ०८१ भदौ २७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

बुधन साह

अन्य

भिडियो