३१ वर्षीया महिलालाई ०८३ जेठ ८ गते बलात्कार प्रयास गरेको आरोपमा लालबन्दी नगरपालिका–११ का ४२ वर्षीय हुका भनिने हरिन्द्र कुमार चौधरी थारुविरुद्ध पीडितले जेठ २६ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएकी छन् ।
घटना पश्चात आरोपति फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।