INSEC Online

📅 २०८३ असार १०

प्रहरी वृत्त सातदोबाट फरार थुनुवा गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा प्रहरी वृत्त सातदोबाटोको थुनुवा कक्षबाट ०८२ भदौ २४ गते फरार भएका २७ वर्षीय सिमन राईलाई प्रहरीले ०८३ जेठ २५ गते गिरफ्तार गरेको छ ।

राईले गोदावरी नगरपालिका–१४ ठैब निवासी ५० वर्षीय बद्रिबहादुर नगरकोटीलाई ०८२ भदौ १ गते बाटो हिँडिरहेको अवस्थामा कुटपिट गरी हत्या प्रयास गरेको आरोप छ ।

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका–८ घर भई ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने राईलाई  प्रहरी वृत्त सातदोबाटोबाट खटिइएको प्रहरी टोलीले गिरफ्तार गरी फैसला कार्यान्वयनक लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो