कपिलवस्तु नगरपालिका–६ सेमरीका ४५ वर्षीया उषा विश्वकर्माको हत्या गरेको अभियोगमा प्रहरीले पति ४५ वर्षीय तुल्सीराम विश्वकर्मालाई ०८३ जेठ २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले घरायसी विवादमा पत्नीलाई फरुवा प्रहार गरी जेठ १९ गते गम्भीर घाइते बनाएका थिए । घाइतेलाई उपचारको लागि युसिएमएस मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा जेठ २२ गते मृत्यु भएको थियो ।
घटनाका आरोपित विरुद्ध मृतकका छोरा भगवती दासले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् ।
शवको पोष्टमार्टम जेठ २२ गते भिम अस्पताल भैरहवामा गरी छोराले बुझेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।