२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पौवादुङमा गाउँपालिका-१ श्यामसिलाका ६२ वर्षीय महेन्द्रबहादुर बुढाथोकीलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।
महिलालाई ०८३ जेठ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ २२ गते इलाका प्रहरी कार्यालय, तिवारीभञ्ज्याङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २२ गते गरिएको छ ।