१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ माझगाउँका २१ वर्षीय जेरी भन्ने अपिस चौधरीलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ ९ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले जेठ १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।