INSEC Online

📅 २०८३ जेष्ठ २१

शंकास्पद अवस्थामा शव फेला, पति गिरफ्तार

उर्लावारी नगरपालिका- १ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्गवाको शंकास्पद अवस्थामा शव फेला परेपछि प्रहरीले ४६ वर्षीय पति दिलबहादुर लिम्बूलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

उर्लावारी नगरपालिका- १ स्थित वक्राहा खोलाको लण्डनब्रिज नजिक काँसघारीमा ०८३ जेठ १२ गते सविताको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि पतिलाई गिरफ्तार गरेको हो ।

घरायसी विवादपछि ०८३ जेठ ९ गते सविता घरबाट हिँडेको भएपनि परिवारले प्रहरीमा खबर नगरी आँफै मात्र खोजी गरेको पाइएकाले घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि पतिलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, उर्लावारीका इन्स्पेक्टर नवीन वलीले बताउनु भयो ।

मृतकका माइती आएपछि शवको मुचुल्का उठाएर जेठ १२ गते कोशी अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

हत्या गरेर फ्याँलेको हुनसक्ने भएकाले प्रहरी र माइतीलाई खबर नगरेको हुन सक्ने पीडित पक्षले आरोप लगाएको छ ।

शव सडेगलेको अवस्थामा फेला परेकाले फरेन्सिक रिपोर्टपछि मात्र हत्या वा अन्य कारणले मृत्यु भएको वास्तविकता पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो