INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर प्रमुखद्वारा शिक्षकमाथि कुटपिट

बारा जिल्ला सिम्रौनगढ नगरपालिका –११ घर भइ बौद्धिकमाई नगरपालिका –८ स्थित शंकर मावि सर्मुजवामा कार्यरत स्थायी शिक्षक ४० वर्षीय रामबाबु यादवलाई ०८३ वैशाख २९ गते बौधिमाई नगरपालिकाका प्रमुख प्रदिप यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट तथा दुर्व्यवहार  गरेको पीडितले आरोप लगाएका छन् ।

नव पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनको क्रममा शिक्षक रामबाबुले सामाजिक सञ्जालमा ‘म्यादी वडाअध्यक्ष र मेयरसाहबहरू अब तपाईं कुन पार्टीको मेयर र मुखिया छौँ । अलिकति पनि लाज छैन राजीनामा देउ’ भनेर पोष्ट गरेको विषयमा मेयरले गाली गलौज गर्नुका साथै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरी घन्टौंसम्म मेयरको कार्यकक्षमा थुनेर राखेको उहाँले बताउनु भयो।

आरोपित विरुद्ध वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन खोजे पनि प्रमाणसहित आउन भनिएको भन्दै प्रहरीले कुनै सुनुवाई नगरेको पीडितले गुनासो गर्नुभयो । मेयर प्रदिपकुमार यादवले शिक्षकलाई कार्यपालिका बैठकमा बोलाएर सामाजिक सञ्जाल पोस्टबारे सामान्य सोधपुछ मात्र गरिएको बताउनु भयो ।

गौरी न्यौपाने

अन्य

भिडियो