१६ वर्षीय बालिकालाई ०८२ माघ २० गते बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका– ६ बर्मेलीटोलका २२ वर्षीय रोशन बलम्बु मगरविरुद्ध पीडित पक्षले ०८३ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।