INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले पुल बगाएपछि एम्बुलेन्स सञ्चालनमा समस्या

वर्षापछिको बाढीले भोजपुर–चखेवा सडकमा रहेको पुल बगाएपछि बिरामी बोकेका एम्बुलेन्स, स्कूल बस, यात्रुबाहक बस आवतजावत पूर्णरूपमा बन्द भएको छ ।

भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा ०८३ वैशाख १२ गतेको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात पूर्णरुपमा बन्द भएको हो ।

पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने सडक खण्ड अवरुद्ध भएको छ ।

बाढीले पुल बगाएपछि बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले बताउनु भयो ।

बाढीले पुल बगाएपछि वैकल्पिक उपायको खोजी गरिएको वडाध्यक्ष प्रधानले बताउनु भयो । सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएर बन्द भएको सडक खुलाउने प्रयास गरेको छ ।  टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे योजना तयार गरेको छ ।

जिल्लामा विपद्का बेला आवश्यक पर्ने यन्त्र उपकरण प्रर्याप्त मात्रामा नहुँदा समस्या हुने गरेको छ ।

गणेश विष्ट

अन्य

भिडियो