चौतारा साँगाचोकगढी नगरपालिका—६ की ४० वर्षीया मिना रानामगरलाई ०८३ असार ३१ गते पति ४२ वर्षीय मिनबहादुर भण्डारीले कुटपिट गरी हत्या गरेका छन् । घटनापछि आरोपित भण्डारी फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताउनु भयो ।
पति पत्नी दुवैजना मदिराको नसामा रहेको बेला सामान्य विवाद भएपछि आरोपित मिनबहादुर भण्डारीले मुक्काले पीडितको टाउकोमा प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानका आधारमा सोही चोटका कारण पीडित मिनाको मृत्यु भएको हुनसक्ने चौतारा साँगाचोकगढी नगरपालिका– ६ का वडा सदस्य रबि खत्रीले बताउनुभयो ।
शवको पोष्टमाटम चौतारा अस्पतालमा हुने तयारी भएको छ भने आरोपितको खोजिकार्य तिव्र गतिमा भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले बताए ।