सरकारले ०८३ वैशाख १२ गतेदेखि सुकुम्वासी बस्ती खाली गराउने सूचना जारी गरेपछि प्रभावित सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन्। बस्ती खाली गराउने निर्णयप्रति असहमति जनाउँदै उनीहरूले आज नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको आरोप लगाउँदै निर्णय फिर्ता लिन माग गरेका छन्। उनीहरूले आफ्नो दीर्घकालीन बसोबास र जीविकोपार्जनको अधिकार सुरक्षित गर्न सरकारसँग आग्रह गरेका छन्।





