INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका–८ का ३४ वर्षीय बलबहादुर तमाङ विरुद्ध पीडित पक्षले ०८२ चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेके छ ।

आरोपितले बालिकालाई ०८२ कात्तिक ६ गते बलात्कार गर्नुका साथै बालिका पाँच महिनाको गर्भवती समेत भएको पीडित परिवारले दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २८ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । आरोपितलाई प्रहरीले मौखिक उजुरीका आधारमा चैत २८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङेलीले बताए ।

उद्धब पोखरेल

अन्य

भिडियो