INSEC Online

📅 २०८३ जेष्ठ २१

सुरक्षाकर्मीको गोली लागेर घाइते युवाको उपचारका क्रममा मृत्यु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ बरगदामा ०८२ चैत ७ गते स्थानीय समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी घाइते भएका २२ वर्षीय अरुण भन्ने जितेन्द्र यादवको चितवन मेडिकल कलेजमा उपचारका क्रममा चैत २३ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बताउनु भएको छ ।

कपिलवस्तु अस्पताल, तौलिहवामा राखिएको शव न्यायिक क्षतिपूर्तिको नपाएसम्म नबुझ्ने अडान राख्दै पीडित परिवारले जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुमा धर्ना दिएका छन् ।

रीमा बि.सी.

अन्य

भिडियो