INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाको आरोपमा विद्यालय सञ्चालकसहित दुई जना गिरफ्तार

खडक नगरपालिका–९ लालपट्टीका १४ वर्षीय धर्मेन्द्रकुमार साहको सोही नगरपालिका–७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा मृत्यु भएको भन्दै प्रहरीले दुई जनालाई ०८२ चैत १८ गते गिरफ्तार गरेको छ ।

खडक नगरपालिका–१० का ४९ वर्षीय विद्यालय सञ्चालक धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय कर्मचारी (पाले) भोला मण्डललाई प्रहरीले गिरफ्तार गरेको हो । डीएसपी डम्बरबहादुर पुरीका अनुसार आत्महत्या दुरुत्साहन कसुरमा धीरेन्द्रप्रसाद चौधरी, भोला मण्डल सहित ४५ वर्षीया शोभा चौधरी र २४ वर्षीया रविना चौधरीविरुद्ध मृतकका बुबा ४४ वर्षीय तिलाई साह तेलीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत १८ गते उजुरी दिएका थिए। विद्यालयको होस्टल कोठाको फलामे भेन्टिलेसनमा चैत ७ गते दिउँसो १२ बजे धर्मेन्द्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृतकको शव चैत ८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

नविन यादव

अन्य

भिडियो