वाणगङ्गा नगरपालिका–४ झुगाकी २७ वर्षीया अनिता पौडेलको फागुन १० गते राति अज्ञात पक्षबाट हत्या भएको छ ।
आफ्नै भान्सा कोठामा रक्ताम्य अवस्थामा घाइते भेटिएकी अनितालाई इलाका प्रहरी कार्यालय पिपराको टोलीले फागुन ११ गते बिहान १ः४५ बजे सामुदायिक अस्पताल पिपरा पुर्याएकोमा अस्पतालले २ बजे मृत घोषणा गरेको डिएसपी रवि रावलले जानकारी दिए ।
डिएसपी रावलका अनुसार उनको टाउकोमा र कानको पछाडी गहिरो चोट लागेको र रक्तश्रावले मृत्य भएको हुन सक्छ । प्रहरीले शवको पोष्टमार्टमको लागि फागुन ११ गते बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ ।
यद्यपी घटनाको अनुसन्धान भएरहेकोले कसले र के कारणबाट उनको हत्या भयो भन्ने विस्तृत वितरण पोष्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने डिएसपी रावलले बताए ।
मृतक पौडेलका पति विष्णु पौडेल ५–६ वर्षदेखि विदेश रहेको र घरमा एक छोरा र एक छोरी रहेको स्थानीयले जानकारी दिएका छ ।