INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली हानी पत्नीको हत्याः पतिद्वारा आत्महत्या प्रयास

गोदवारी नगरपालिका—४ अमलेशैनीकी २७ वर्षीया संजिता मगरको ३० वर्षीय पति रामबहादुर मगरले गोली हानी हत्या गरेका छन् । पत्नीको गोली प्रहार गरेर हत्या गरेपछि उनले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् ।

पतिपत्नीबिच चैत ४ गते घरायसी विवाद हुँदा जंगलमा बाख्रा चराउन गएकी पत्नीलाई आरोपित पतिले गोली हानी हत्या गरेका थिए । आरोपित शव सहित घाइते अवस्थामा जंगलमा फेला परेको गोदावरी नगरपालिका—४ का वाडाध्यक्ष हेमप्रकाश मल्लले बताउनु भयो ।

घटनाको जानकारी आए लगत्तै प्रहरी परिचालन गरी आरोपित घाइतेलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र माइती पक्षको सहमतीमा घटनाको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय, कैलालीका डिएसपी रणबहादुर चन्दले बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो