INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता बालिका खोजीका लागि प्रहरीमा उजुरी

अर्जुनधारा नगरपालिका- ५ की १५ वर्षीया बालिका रञ्जना गौतम र सोही ठाउँकी १५ वर्षीया बालिका दृष्टि कर्मचार चैत १ गतेदेखि हराएपछि पीडित पक्षले खोजीका लागि प्रहरीमा उजुरी दिएको छ ।

अर्जुनधारा नगरपालिका- ५ स्थित देवी माध्यमिक विद्यालय, बिर्तामोडमा कक्षा नौ मा अध्ययनरत दुई जना बालिका ०८२ चैत १ गतेदेखि बेपत्ता भएपछि पीडित पक्षले चैत १ गते राति प्रहरीमा खोजीका लागि निवेदन दिएको हो ।

दुवै जना बालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेको र अर्जुनधारा नगरपालिका- ५ कञ्चनबारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका बालिका हराएपछि सापकोटाले खोजीका लागि इलाका प्रहरी कार्यालय, विर्तामोडमा निवेदन दिनु भएको हो ।

बालिकाका साथी र आफन्तका घरमा खोजी गर्दा बालिकाको अवस्थामा बारेमा पत्ता नलागेपछि पीडित पक्षले खोजीका लागि इलाका प्रहरी कार्यालय, विर्तामोडमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

नरेश खाती 

अन्य

भिडियो