INSEC Online

📅 २०८३ जेष्ठ २१

शंकास्पद वस्तु राखेको आरोपमा एक जना गिरफ्तार

कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय खोमे थारु भन्ने शोभे थारुलाई फागुन ६ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बुद्धभूमि नपा–२ गोरुसिंङ्गे जङ्गलस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्ड, महाराजगञ्ज नपा–२, वाणगंगा नदीको बर्गदी पुल नजिक तथा शिवराज नपा–१ पूर्वपश्चिम राजमार्गस्थित शिवपुर रेन्जर पोष्ट नजिकै शंकास्पद वस्तु राखेर नागरिकलाई तर्साउने गरेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहका अनुसार विशेष सूचनाका आधारमा विस्फोटक पदार्थ राख्ने कार्यमा संलग्न रहेका आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडी बढाइएको बताउनु भयो ।

आरोपितलाई मुलुकी अपराध संहिता २०७४ को परिच्द्देद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको डिएसपी सिंहले बताउनु भयो ।
आरोपित नेपाल कम्यूनिष्ट पार्टी (बहुमत) का साधारण सदस्य समेत रहेको प्रहरीले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो