INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको ०८२ माघ २६ गत राति हत्या गरेको आरोपमा प्रहरीले  शैल्यशिखर नगरपालिका–९ बस्कोटका २४ वर्षीय उमेश साउद र बैतडी जिल्ला डिलासैनी गाउँपालिका– ५ लठ्ठेकोठ घर भएका २४ वर्षीय गोपाल नाथलाई फागनु १ गते गिरफ्तार गरेको छ ।

बृद्धाको घरमै हत्या गरी उहाँले लगाएका गरगहना लुटपाट गरेको प्रारम्भिक अनुन्धानबाट खुल्न आएकोले आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर हेमराज भट्टले बताउनु भयो ।

आरोपितहरुले मृतकबाट लुटपाट गरी लगेका दुई थान सुन जस्तो देखिने कानको मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली गहनाहरु समेत बरामद गरिएको इन्स्पेक्टर भट्टले बताउनु भयो ।

बृद्धाको हत्या गरी घरपछाडि फालिएको अवस्थामा माघ २७ गते शव भेटिएको थियो ।  शवको पोष्टमार्टम माघ २८ गते गोकुलेश्वर अस्पताल, दार्चुलामा गरी सोही दिन आफन्तहरुले दाहसस्कार गरेको इन्स्पेक्टर भट्टले बताउनु भयो ।

नरेन्द्रसिंह कार्की

अन्य

भिडियो