INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितलाई इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले मानव अधिकार रक्षक तथा मानव अधिकार उल्लङ्घनका पीडितलाई सहयोग कार्यक्रम अन्तर्गत गुर्भाकोट नपा–४ की अनिता कामीलाई सहयोग स्वरूप १० हजार रुपियाँ प्रदान गरेको छ ।

केन्द्रीय कारागार काठमाडौँमा बन्दी जीवन बिताइरहेको अवस्थामा ०७५ पुस २१ गते मृत्यु भएका ७४ वर्षीय मन कामीको छोरी अनितालाई माघ २२ गते प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले सहयोग रकम हस्तान्तरण गरेका हुन ।

आर्थिक अवस्था कमजोर रहेका उनको परिवार काठमाडौँमा शव दाहसंस्कार गर्न जादा आँउदा समस्या भएको भन्दै पीडित पक्षले माघ २१ गते दिएको निवेदनको आधारमा नगद प्रदान गरिएको संयोजक सुवेदीले बताए । मन कामी तीन वर्ष अघिदेखि केन्द्रीय कारागार काठमाण्डौँमा बन्दी जीवन बिताइरहेका थिए ।

अन्य

भिडियो