१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २२ गते बाणगङ्गा नपा– ९का ३३ वर्षीय रमेश भन्ने भेषबहादुर मगरलाई पाँच वर्ष कैद र १० हजार रुपिँया क्षतिपुर्तिको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश लोकजङ्ग शाहको इजलासले घटनामा सहयोगीको भुमिका खेलेको भन्दै सोही ठाँउकी ३० वर्षीया बालकुमारी खातीलाई ६ महिना कैद फैसला गरेको श्रेष्तेदार डिल्लीराम शर्माले बताए ।
आरोपितले ०७४ जेठ २५ गते बलत्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थिया । पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते जिल्ला अस्पताल तौलिहवामा गरिएको थियो ।