INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतद्वारा आठ वर्ष कैद सजाय सुनाइएका आठविसकोट नगरपालिका–१० घारीघोलाका २५ वर्षीय शसिराम बिकलाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ०७१ फागुन १२ गते रूकुम जिल्ला अदालतले यस्तो फैसला सुनाएको थियो ।

पीडित बालिकालाई बिकले ०६७ चैत २० गते बलात्कार गरेको आरोपमा मुद्दा चलाइएको थियो । बिक घटना भएदेखि नै फरार रहेको प्रहरीले जनाएको छ

विकलाई माघ २० गते रूकुम जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

अन्य

भिडियो