जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, विर्तामोडबाट लुटिएको मोटरसाइकलसहित एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बिर्तामोड नगरपालिका- १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम, फाकफोकथुम गाउँपालिका- ७ का ३९ वर्षीय वीरबहादुर दमाईलाई प्रहरीले ०८२ पुस २० गते गिरफ्तार गरेको हो ।
जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल दमाइले आफ्नो डेरामा लुकाएर राखेका थिए ।
इलाका प्रहरी कार्यालय, बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँचका क्रममा दमाईले लुकाइछिपाइ राखेको अवस्थामा मे७ प ९ नम्बर नखुलेको सुपर स्प्लेन्डर मोटरसाइकल फेला पारेपछि दमाइलाई गिरफ्तार गरेको हो । सो मोटरसाइकल सर्वसाधारणको भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए ।