उदयपुर जिल्ला बेलका नगरपालिका-३ किरांत चोककी २७ वर्षीया गङ्गा राईको ०८२ पुस २० गते हत्या गरेपछि ३० वर्षीय पति खगेन्द्र राईले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।
घरायसी विवादका क्रममा खगेन्द्रले चक्कु प्रहार गरी पत्नीको हत्या गरेको र आफूले समेत शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले बताउनु भयो।
चक्कु प्रहारबाट घाइते गङ्गालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
आत्महत्या प्रयास गरेका खगेन्द्रको प्रहरीको निगरानी घोपामा उपचार भइरहेको छ।