INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा १२ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माघ १७ गते फालेलुङ गाउँपालिका ५ का ३० वर्षीय सुमन भन्ने विक्रम राईविरूद्ध जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको सो कार्यालयका सूचना अधिकारी यामबहादुर चौहानले बताए ।

अदालतको फैसाल अनुसार कसुरदालाई कैद भूक्तान गर्न जिल्ला कारागार चालन गरिएको सूचना अधिकारी चौहानले जानकारी दिए ।

पीडित बालिकालार्ई ०७५ भदौ ४ गते बलात्कार गरेको भन्दै भदौ १२ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

पीडितको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो । प्रहरीले आरोपितलाई भदौ १२ गते नै गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशले असोज ५ गतेदेखि आरोपित पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

अन्य

भिडियो