INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि अवस्था तनावग्रस्त : फोटो फिचर

 

सुनसरी । ०८२ पुस १७ गते

कोशी गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै सशस्त्र प्रहरीले चलाएको गोली प्रहारबाट सोही ठाउँका ४५ वर्षीय विजय साहको पुस १७ गते विहान १ बजे मृत्यु भएपछि अहिले पूर्व पश्चिम राजमार्गको इनरूवा–इटहरी सडक खण्डको लौकही क्षेत्रमा अवस्था तनावग्रस्त भएको छ ।

स्थानीयले शवलाई पूर्व पश्चिम राजमार्गको लौकही क्षेत्रमा राखेर विरोध प्रर्दशन गरेपछि अवस्था तनावग्रस्त भएको हो ।

घटनाको विषयमा इन्सेकले स्थलगत अनुगमन गरिरहेको छ ।

स्थानीयको विरोधपछि तनावग्रस्त भएको घटनास्थल क्षेत्रमा प्रहरीले हवाइ फायरसहित अश्रुग्यास प्रहार गरेको छ ।

 

जयकृष्ण यादव

अन्य

भिडियो