INSEC Online

📅 २०८३ जेष्ठ २१

गोली प्रहारबाट हत्या घटनाका आरोपितहरु गिरफ्तार

बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ०८२ पुस १४ गते पाँच जनालाई गिरफ्तार गरेको छ । बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, सोही ठाउँका ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजिव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंहलाई गिरफ्तार गरेको हो ।

बारेकोट गाउँपालिका–८ मिरिकोट खारा जङ्गलमा ०८२ पुस १३ गते मृतक प्रचण्डदेवसहित ६ जना सिकार खेल्न गएका बेला गोली लागेर मृत्यू भएको उजुरी आएपछि तीन थान भरुवा बन्दुकसहित पाँच जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिनुभयो । शवको पोष्टमार्टम पुस १४ गते नगर अस्पताल दल्लीमा भयो । परिवारजनले शव  बुझेर भेरियामापुस १५ गते सदगत् गरे ।

 

बासुदेव शर्मा

अन्य

भिडियो