अर्जुनधारा नगरपालिका–४ भाङवारीकी ४२ वर्षीया मेनुका परियारलाई जिउँदै जलाउन खोजेको आरोपमा प्रहरीले ४० वर्षीय पति डम्वर परियालाई पुस १५ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ०८२ पुस १५ गते पत्नीलाई कुटपिट गरेर आगोमा हालेर जनाउन खोजेको आरोपमा अनुसन्धानका लागि डम्वर परियारलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
कुटपिटबाट पीडितको ढाड, अनुहार, घुँडा र हातमा चोट लागेको छ । पीडितको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
आरोपितविरूद्ध पीडित पक्षले पुस १५ गते प्रहरी चौकी, शनिश्चरेमा लिखित उजुरी दिएको छ ।