बलात्कार प्रयास घटनामा उच्च अदालत तुलसीपुर दाङले दोषी ठहर गरेका एक अभियुक्तलाई प्रहरीले माघ १६ गते गिरफ्तार गरेको छ ।
एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दर्ता भएपछि ०७५ मङ्सिर २७ गते उच्च अदालत तुलसीपुर दाङले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ लागिमका ६३ वर्षीय भद्रबहादुर कामीलाई गिरफ्तार गरेको हो ।
उक्त सजाय तोकिएपनि अहिलेसम्म फरार रहेका कामीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको टोलीले गाउँमै लुकेको अवस्थामा भेटाएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका कामीलाई रुकुम जिल्ला अदालत उपस्थित गराएर कैद भुक्तानका लागि माघ १७ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।