INSEC Online

📅 २०८३ जेष्ठ २१

सासू हत्या आरोपमा ज्वाइँ गिरफ्तार 

इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीय पवीमाया वयलकोटीको हत्या गरेको आरोपमा प्रहरीले ज्वाइँ ४० वर्षीय गणेश साह गुप्तालाई गिरफ्तार गरेको छ।

छोरीको घर आएकी ५६ वर्षीया पवीमाया वयलकोटीलाई घरायसी विवादका क्रममा ०८२ पुस १३ गते चापाकलको ह्याण्डलले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय, इटहरीका इन्सपेक्टर सुवास हमालले बताउनु भयो।

आरोपितलाई घटना लगत्तै गिरफ्तार गरेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो